काठमाडौँ, ५ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ९३ हजार २ सय रुपैया पुगेको छ । गत सोमबारको तुलनामा थप ४ सय रुपैयाँले भाउ बढेर मंगलबार सुनको भाउ ९३ हजार २ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४ सय रुपैयाँले नै बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको भाउ भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




