उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने जस्ता अपराधिक काम गर्दै आएका छन् ।

आक्रमणकारीहरु नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ ।

गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ ।

" /> नाइजेरियामा एम्बुस आक्रमणमा १३ प्रहरी मारिए - Sarbocha Media

नाइजेरियामा एम्बुस आक्रमणमा १३ प्रहरी मारिए

`

     २०७८ श्रावण ०४ गते १२:३५

एजेन्सि, ४ साउन । नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा एम्बुसमा आक्रमण
हुँदा १३ प्रहरीको मृत्यु भएको छ ।

प्रहरीको अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले गाउँमा छापा मार्ने, गाईवस्तु चोर्ने, फिरौतीको लागि अपहरण गर्ने र सरसमान लुटेर घर जलाउने जस्ता अपराधिक काम गर्दै आएका छन् ।

आक्रमणकारीहरु नजिकैको जङ्गलमा लुक्न खोजिरहेका र यस जङ्गलमा उनीहरूको लुक्ने ठाउँ रहेको विश्वास गरिएको प्रहरीले जानकारी दिएको छ । डाकुहरूले यसअघि नजिकैको म्याग्मी समुदायलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उक्त आक्रमण प्रयासलाई सेनाले विफल पारेका जनाइएको छ ।

गत दुई वर्षमा नाइजेरियाका ८० हजार भन्दा बढी व्यक्ति आतङ्कका कारण छिमेकी देश नाइजरमा विस्थापित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?