काठमाडौँ, ४ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा २ सय् रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै तेजाबी सुनको भाउ समेत गत आइतबारको तुलनामा २ सय रुपैयाँले नै बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको भाउ भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको छ ।




