काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवसहित तीन नेताहरु पार्टी कार्यालय, सानेपामा आमरण अनशन बसेका छन् ।
क्रियाशील सदस्यतामा धाँधली भएको दाबी गर्दै डा. यादवसहितका नेताहरु आमरण अनशनमा बसेका हुन् ।
डा. यादवसँगै रामपल्टन साह र दिनेश नायक पनि अनशनमा छन् ।




