काठमाडौं, ३ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलाको ९३ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैँयाले घटेर प्रतितोला १२९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




