सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्स्थापना गर्न आदेशसँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । परमादेशबाट नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले उपधारा (४) बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

असार २८ गते सर्वोच्चले आदेश दिएपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सर्वोच्चले दिएको आदेश अनुसार नै आज (साउन ३ गते) अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

" /> प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद्‌ सचिवालयमा दर्ता - Sarbocha Media

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद्‌ सचिवालयमा दर्ता

`

     २०७८ श्रावण ०३ गते ५:५७

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । आजको संसद् बैठकमा देउवाले विश्वासको मत लिने भएका हुन् ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्स्थापना गर्न आदेशसँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । परमादेशबाट नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले उपधारा (४) बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

असार २८ गते सर्वोच्चले आदेश दिएपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सर्वोच्चले दिएको आदेश अनुसार नै आज (साउन ३ गते) अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?