काठमाडौँ, १ साउन । काठमाडौँ उपत्यकामा मात्रै ५ सय ४१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
जसमा काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ संक्रमित थपिएका हुन् । नेपालमा आज कोरोना संक्रमणबाट आज थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।
हालसम्म ६ लाख २८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको छ । मन्त्रालयको अनुसार आज १४ हजार १८२ जनाका गरीएको परीक्षणमा २ हजार ६ जना पिुसीआर विधिबाट र ९३० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
यो सँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६१९ पुगेको मन्त्रलायले जनाएको छ ।




