प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।

उनले चीन सरकारका तर्फबाट नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने पनि जनाइन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोप लगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

" /> प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेट, थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने - Sarbocha Media

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेट, थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

`

     २०७८ श्रावण ०१ गते १०:४०

काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।

उनले चीन सरकारका तर्फबाट नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने पनि जनाइन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोप लगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?