त्यस्तै, पर्साको वीरगंज महानगरपालिका १५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

" /> तास खेलिरहेका अवस्थामा १३ जना पक्राउ - Sarbocha Media

तास खेलिरहेका अवस्थामा १३ जना पक्राउ

`

     २०७८ श्रावण ०१ गते ७:५२

काठमाडौँ, १ साउन । काठमाडौँ महानगरपालिका ६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचे लगायत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका १५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?