काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन्। शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका पैधानमन्त्री देउवाले गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका थिए।
बिहान १०:०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए।
सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।




