एजेन्सि, ३१ असार । जर्मनीमा भारी बर्षा भइ बाढी आउँदा जनजीवन अस्तव्यस्त भएको छ।
पश्चिम जर्मनीमा बुधबारदेखि भएको भारी वर्षाले कम्तिमा ६ वटा घर भत्किएका छन्। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू बेपत्ता भएका छन्।
हजारौं घर बिजुली बत्ती काटिएको छ भने पिउने पानीको लाइनमा पनि क्षति भएको छ।
मौसमविद्हरूले त्यहाँ शुक्रबारसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएका छ।




