ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई कान्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’ अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।

यसअघि ओली पक्षको युवा संघले सोमबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिती भने थिएन ।

" /> ओली पक्षको यूथ फोर्सलाई काउन्टर दिन नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स - Sarbocha Media

ओली पक्षको यूथ फोर्सलाई काउन्टर दिन नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

`

     २०७८ आषाढ ३१ गते १०:०२

काठमाडौँ, ३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुर्नगठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो ।

ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई कान्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’ अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।

यसअघि ओली पक्षको युवा संघले सोमबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिती भने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?