निषेधाज्ञा थप्नेबारे आज अपराह्न ४ बजेपछि तीन जिल्ला काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी बैठक बस्ने भएको छ ।

लामो दूरीका सार्वजनिक सवारी नखुल्दा परीक्षा दिन आउजाउ गर्ने परीक्षार्थी र सर्वसाधारण नागरिक मारमा परेको प्रशासनको निष्कर्ष छ । यसअघि, उपत्यकाभित्र सबै किसिमका सार्वजनिक सवारी सञ्चालनमा आइसकेका छन् । तर, लामो दूरीका सार्वजनिक सवारीसाधन भने सञ्चालनमा आएका छैनन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । क्रमशः खुकुलो गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

" /> काठमाडौँ उपत्यकामा निषेधाज्ञा थपिँदै - Sarbocha Media

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थपिँदै

`

     २०७८ आषाढ ३१ गते ८:४७

काठमाडौँ,  ३१ असार । काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ ।

लामो दूरीका सार्वजनिक सवारीमा जोर–बिजोर प्रर्णाली लागु गरी निषेधाज्ञा थप गरिने प्रशासनका अधिकारीको भनाइ छ । आज बस्ने बैठकले सार्वजनिक सवारी चल्नेबारे निर्णय लिने जानकारी दिए ।

निषेधाज्ञा थप्नेबारे आज अपराह्न ४ बजेपछि तीन जिल्ला काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी बैठक बस्ने भएको छ ।

लामो दूरीका सार्वजनिक सवारी नखुल्दा परीक्षा दिन आउजाउ गर्ने परीक्षार्थी र सर्वसाधारण नागरिक मारमा परेको प्रशासनको निष्कर्ष छ । यसअघि, उपत्यकाभित्र सबै किसिमका सार्वजनिक सवारी सञ्चालनमा आइसकेका छन् । तर, लामो दूरीका सार्वजनिक सवारीसाधन भने सञ्चालनमा आएका छैनन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । क्रमशः खुकुलो गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?