राजविराज, ३१ असार । तिलाठी कोइलाडी गाउँपालिका –५ का ७५ वर्षीय सरयोग राय मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।




