उनी यही असार २९ गते आइसीयूमा भर्ना भएका थिए। उनलाई निमोनियाँसँगै श्वासप्रश्वासको समस्या र कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

हाल अस्पतालमा ८ जना कोरोना सङ्क्रमितहरू रहेको र उनीहरु आइसीयूमा उपचाररत रहेको समेत अस्पतालले जनाएको छ।

" /> कोरोना सङ्क्रमणका कारण दाङमा थप एकको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण दाङमा थप एकको मृत्यु

`

     २०७८ आषाढ ३१ गते ६:०८

दाङ, ३१ असार । कोरोना विशेष अस्पताल, बेलझुण्डी दाङमा बुधबार थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका३, का ५८ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

उनको साँझ करिब साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए।

उनी यही असार २९ गते आइसीयूमा भर्ना भएका थिए। उनलाई निमोनियाँसँगै श्वासप्रश्वासको समस्या र कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

हाल अस्पतालमा ८ जना कोरोना सङ्क्रमितहरू रहेको र उनीहरु आइसीयूमा उपचाररत रहेको समेत अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?