एजेन्सि, २९ असार । जापानले नेपालसहितका बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकहरूलाई कोरोनाभाइरसविरूद्ध अक्सफोर्डरअष्ट्राजेनेका भ्याक्सिन अनुदानमा दिने भएको छ।
मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका छन्।
जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन।
समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्। उनले इन्डोनेसिया, ताइवान र भियतनामलाई १०/ १० लाख डोज खोप दिइने जानकारी दिएका छन्।
जापानले कोभ्याक्सका लागि १ अर्ब डलर ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।




