पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।

" /> पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना संक्रमण, २० को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना संक्रमण, २० को मृत्यु

`

     २०७८ आषाढ २७ गते ११:२३

काठमाडौँ, २७ असार । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ५ हजार ५ सय ३५ पीसीआर परीक्षणमा १ हजार २ सय ३७ जना र ३ हजार ६ सय ८३ एन्टिजेन परीक्षणमा ५ सय ९४ गरी १ हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँ जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?