योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको कुल संख्या ४ लाख आ ८ हजार ४० पुगेको छ। संक्रमणमुक्त भएकाहरूको संख्या भारतमा २ करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ।

ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोनाको कुल संक्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत संक्रमण मुक्त भएका छन्।

" /> भारतमा थप ४१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण - Sarbocha Media

भारतमा थप ४१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

`

     २०७८ आषाढ २७ गते ९:१२

एजेन्सी, २७ असार । भारतमा पछिल्लो २४ घण्टामा थप ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण भएका छन्।

नयाँ थपिएकासँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितको संख्या ४ लाख ५४ हजार १ सय १८ जना रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या कुल संक्रमितको संख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाको कुल संख्या ४ लाख आ ८ हजार ४० पुगेको छ। संक्रमणमुक्त भएकाहरूको संख्या भारतमा २ करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ।

ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोनाको कुल संक्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत संक्रमण मुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?