जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो। महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन्।

ठाकुरले भने आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै कार्यकारिणीको व्यापक हेरफेर गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएको दाबी गरेका छन्। आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएको छ।

" /> मेलमिलापका लागि जसपाका दुवै पक्षबिच छलफल - Sarbocha Media

मेलमिलापका लागि जसपाका दुवै पक्षबिच छलफल

`

     २०७८ आषाढ २२ गते ६:३०

काठमाडौँ, २२ असार । जनता समाजवादी पार्टी (जसपा) मा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगमा दुवै पक्षबीचको छलफल सुरु भएको छ। आयोगले विवाद निरुपणका लागि आज छलफलमा दुवै पक्षलाई बोलाएको थियो।

छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी छन् भने उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ र प्रकास अधिकारी सहभागी छन्।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो। महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन्।

ठाकुरले भने आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै कार्यकारिणीको व्यापक हेरफेर गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएको दाबी गरेका छन्। आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?