काठमाडौँ, २० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले बढेर सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




