काठमाडौँ, १८ अनुसार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२८ जना कोरोना संक्रमित थपिएकेो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा ३१६, भक्तपुरमा ३४ र ललितपुरमा ७८ जना गरी ४२८ जना संक्रमित थपिएका हुन् ।
आजसम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १४८ रहेको मन्त्रालयले जनाएको छ ।




