काठमाडौँ, १७ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट १ हजार ८ सय ५७ जना र एन्टीजेन परिक्षणबाट ९ सय ३ जना गरि जम्मा २ हजार ७ सय ६० जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ६ सय ६२ रहेको छ । संक्रमित मध्ये ६ लाख १४९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४०४७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।




