अमेरिकी दूतावासका अफिस अफ डिफेन्स कर्पोरेशन प्रमुख मेजर माइकल पी ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त बोट बाढी/डुवान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ।

थाहाखबरबाट साभार

" /> अमेरिकीले नेपाली सेनालाई दियो चारवटा रेस्क्यू बोट - Sarbocha Media

अमेरिकीले नेपाली सेनालाई दियो चारवटा रेस्क्यू बोट

`

     २०७८ आषाढ १७ गते ६:००

काठमाडौँ, १७ असार । अमेरिकी सेनाले नेपाली सेनालाई चार वटा रेस्क्यू बोट सहयोगस्वरुप हस्तान्तरण गरेको छ।

असार १५ गते छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप आउट बोर्ड मोटरसहितको चारवटा रेस्क्यू बोट उपलब्ध गराएको हो।

अमेरिकी दूतावासका अफिस अफ डिफेन्स कर्पोरेशन प्रमुख मेजर माइकल पी ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त बोट बाढी/डुवान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ।

थाहाखबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?