उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

" /> इटाली पठाइदिन्छु भनि ३१ लाख ठगी गरेको अभियोगमा पक्राउ - Sarbocha Media

इटाली पठाइदिन्छु भनि ३१ लाख ठगी गरेको अभियोगमा पक्राउ

`

     २०७८ आषाढ १६ गते ११:४५

काठमाडौँ, १६ असार । इटाली पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिई उनीहरूलाई अजरबैजानसम्म पुर्‍याएर बिचल्ली बनाई फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?