काठमाडौँ, १४ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनर आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको छ।
त्यस्तै, हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँ कामय भएको तेजाबी सुनको मुल्य आज पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा किनबेच भएको छ।
यसैगरी, चाँदीको मुल्य पनि आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।




