काठमाडौँ, १३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३६ पुगेको छ ।
त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।




