पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर–७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

हाइस चालक नुवाकोट विदुर नगरपालिका-१३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका–११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।

" /> माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु - Sarbocha Media

माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

`

     २०७८ आषाढ १३ गते ६:३७

विराटनगर, १३ जेठ । सुनसरीको कोशी गाउँपालिका– ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।

आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका–८ खण्डमा माइक्रो बस (हाइस) ले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर–७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

हाइस चालक नुवाकोट विदुर नगरपालिका-१३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका–११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?