काठमाडौँ, ११ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् ।
जसमा काठमाडौँमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ८ हजार ६१६ पुगेको छ ।
आज देशभर ७१४ जना आइसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




