ह्याकरहरूले धनी बन्नका लागि कम्प्युटर गेममा मालवेयर भनिने खराब प्रोग्राम लुकाएर बाँड्न थालेका छन्।
सित्तैमा डाउनलोड गर्न मिल्ने गेमहरूलाई बिगारेर त्यसमा क्य्राकनोश भनिने क्रिप्टोकरेन्सी माइनिङ गर्ने कोड राखिएको र ती गेमहरू डाउनलोड भएपछि त्यसले थाहा नपाउने गरी काम डिजिटल मुद्रा उत्पादन गर्न थाल्ने बताइएको छ।
अध्ययनकर्ताहरूको अनुसार ह्याकरहरूले अहिलेसम्म २० लाख अमेरिकी डलर बराबर रकम कमाइसकेको बताएका छन्।
अभास्टमा अध्ययनकर्ताहरूले प्रतिदिन ८०० नयाँ कम्प्युटरमा क्य्राकनोश देखिन थालेको बताएका छन्।
अहिलेसम्म क्य्राकनोश नेपालसहित एक दर्जनभन्दा बढी देशमा भेटिएको छ। तीमध्ये सबैभन्दा धेरै भेटिएका देशहरू यसप्रकार छन्स्
फिलिपिन्सस् १८,४४८ कम्प्युटर
ब्रजिलस् १६,५८४ कम्प्युटर
भारतस् १३,७७९ कम्प्युटर
पोल्यान्डस् १२,७२७ कम्प्युटर
अमेरिकास् ११,८५६ कम्प्युटर
कम्प्युटरमा क्य्राकनोश बसेपछि यसले विन्डोजलाई अपडेट नहुने बनाउँछ र सबै एन्टिभाइरसलाई मेट्छ।
कम्प्युटरमा क्रिप्टोकरेन्सी माइनिङ हुन थालेपछि देखिने असरहरू यस्ता छन्
-कम्प्युटर सुस्त हुन्छन् ।
-धेरै प्रयोग भएर हार्डवेयर र प्रशोधन उपकरणहरू थोत्रा हुन्छन् ।
-कम्प्युटरले धेरै ऊर्जा खपत गर्छ ।
‘क्य्राकनोशले पैसा तिरेर किन्नुपर्ने गेमहरू सित्तैमा खोज्दा त्यसले मालवेयर जस्तो हानिकारक प्रोग्राम पनि आउने देखाएको छ र यो ह्याकरहरूका लागि धेरै फाइदाजनक छ।’ अभास्टका क्रिस्टोफर बडले भने।
अभास्टले क्य्राकनोशको उत्पत्ति चेक गणतन्त्रमा भएको शङ्का गरेका छन्।
पछिल्लो साइबर जोखिम प्रतिवेदनमा अकामाइले सन् २०१९ देखि कम्प्युटर गेमका सौखिनहरूमाथि साइबर हमला ३४० प्रतिशतले बढेको बताएको छ।




