यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए।

" /> असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने - Sarbocha Media

असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

`

     २०७८ आषाढ ११ गते ९:००

काठमाडौँ, ११ असार । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ ।

यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?