मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्। भारतमा संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ।

अहिलेसम्म ९६।२७ प्रतिशत संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन्। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड१९ परीक्षण गरिएको छ।

जसमा मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो। त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ।

" /> भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना सङ्क्रमित फेला - Sarbocha Media

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना सङ्क्रमित फेला

`

     २०७८ आषाढ ०६ गते १०:१९

एजेन्सी, ६ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन्। यो संख्या ८१ दिन पछिको सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको संख्या ८७ हजार ९१७ रहेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्। भारतमा संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ।

अहिलेसम्म ९६।२७ प्रतिशत संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन्। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड१९ परीक्षण गरिएको छ।

जसमा मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो। त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?