काठमाडौँ, ४ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा ३९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या ११ हजार ९६८ जना रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८७२ जना आईसीयू र २४६ जना भेन्टिलेटरमा उपचाररत छन् ।




