काठमाडौँ, ३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मुलुक भर ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना संक्रमणमुक्त भएका छन् ।




