यो संख्या भारतको लागि ७५ दिनयताकै सबैभन्दा कम हो । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या पनि २ करोड ९५ लाख ७० हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख १३ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण २ हजार ७२६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।

हालसम्म भारतमा २५ करोड ९० लाख डोजभन्दा धेरै कोरोना खोप दिइसकिएको छ ।

" /> भारतमा कोरोनाका संक्रमितको संख्या दैनिक ६० हजारमा झर्‍यो - Sarbocha Media

भारतमा कोरोनाका संक्रमितको संख्या दैनिक ६० हजारमा झर्‍यो

`

     २०७८ आषाढ ०१ गते ७:४०

एजेन्सी, १ असार । भारतमा कोरोना भाइरसका दैनिक नयाँ संक्रमितको संख्या ६० हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६० हजार ४ सय ७१ नयाँ संक्रमित थपिएको जनाएको छ ।

यो संख्या भारतको लागि ७५ दिनयताकै सबैभन्दा कम हो । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या पनि २ करोड ९५ लाख ७० हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख १३ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण २ हजार ७२६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।

हालसम्म भारतमा २५ करोड ९० लाख डोजभन्दा धेरै कोरोना खोप दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?