काठमाडौँ, १ असार । नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ। स्थानीय बजारमा अघिल्लो दुई कारोबार दिन आइतबार र सोमबार ६०० र ७०० रुपैयाँले घटेको सुनको भाउ मंगलवार स्थिर रहेको हो।
मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
साथै मंगलवार चाँदीको मूल्य भने घटेको छ। सोमवार प्रतितोला १ हजार ३ सय ६५ मा कारोबार भएको चाँदी मंगलवार १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




