काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ३८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८ सय ६० पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ४७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८ सय १९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ३७ हजार ३ सय ७३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।




