काठमाडौँ, ३० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ सय ९४ जना र ४ हजार ८ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने कोारेना संक्रमणका कारण ४६ जनाको मुत्यु छ ।




