काठमाडौँ, ३० जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको भाउ अधिक्तम् मूल्यमा घट्न पुगेको छ ।
आइतबार सुनको भाउ प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन पनि ६ सय रुपैयाँले नै घटेर ९३ हजार ४ सय रुपैयाँ कारोबार भएको छ ।
साथै चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज (आइतबार) पनि सोही मूल्य कारोबार भएको महासंघले जनाएको छ ।




