गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनियाले शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

" /> नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ - Sarbocha Media

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

`

     २०७८ ज्येष्ठ २७ गते ११:२०

काठमाडौँ, २७ जेठ। मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनियाले शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?