उक्त बैङ्कको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ - Sarbocha Media

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गर्दागर्दै पक्राउ

`

     २०७८ ज्येष्ठ २७ गते ८:१०

काठमाडौँ, २७ जेठ । काठमाडौँ महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बैङ्कको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?