काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
देशभर १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । साथै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।




