बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए ।

यस घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

" /> स्रोत नखुलेको ३० लाख ७६ हजार नगदसहित २ भारतीय नागरिक पक्राउ - Sarbocha Media

स्रोत नखुलेको ३० लाख ७६ हजार नगदसहित २ भारतीय नागरिक पक्राउ

`

     २०७८ ज्येष्ठ २६ गते ८:३४

रौतहट, २६ जेठ । रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए ।

यस घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?