काठमाडौँ, २६ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम रहेको छ ।
त्यस्तै चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार ३ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।




