बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । जस अनुसार अव खाद्यान्न पसलहरु हरेक दिन विहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एव समितिका अध्यक्ष दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अव सवै प्रकारका बैँकहरु हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । बैठकले होटेल, रेष्टुरेण्ट,डान्सवार, खाजाघर, कपाल काट्ने पसललगायतका अन्य व्यवसायहरु खोल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

" /> दाङमा निषेधाज्ञा फेरि थपियो - Sarbocha Media

दाङमा निषेधाज्ञा फेरि थपियो

`

     २०७८ ज्येष्ठ २५ गते ८:४२

दाङ, २५ जेठ । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको मङ्गलवार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । जस अनुसार अव खाद्यान्न पसलहरु हरेक दिन विहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एव समितिका अध्यक्ष दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अव सवै प्रकारका बैँकहरु हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । बैठकले होटेल, रेष्टुरेण्ट,डान्सवार, खाजाघर, कपाल काट्ने पसललगायतका अन्य व्यवसायहरु खोल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?