काठमाडौँ, २४ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।
२४ घण्टामा मुलुक भर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालय छ ।




