उनले बजेटको विषयमा कुनै कसर बाकी राख्नु हुँदैन भन्दै कार्यान्वयनमा हुनेगरी काम अघि बढाउन निर्देशन दिए । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह समेत आग्रह गरे। उनले भने, असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौँ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस्।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताएको छ ।

उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी दिए। छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताएको छ।

" /> असार १ गतेबाट कक्षा सञ्चालन गर्न शिक्षामन्त्रीको आग्रह - Sarbocha Media

असार १ गतेबाट कक्षा सञ्चालन गर्न शिक्षामन्त्रीको आग्रह

`

     २०७८ ज्येष्ठ २३ गते १:२३

काठमाडौँ, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका छन्।

उनले बजेटको विषयमा कुनै कसर बाकी राख्नु हुँदैन भन्दै कार्यान्वयनमा हुनेगरी काम अघि बढाउन निर्देशन दिए । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह समेत आग्रह गरे। उनले भने, असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौँ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस्।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताएको छ ।

उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी दिए। छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?