काठमाडौँ, २० जेठ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो स्थिर रहेको सुनको मूल्य आज तोलामा ४ सयले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको महासंघले जनाएको छ ।
साथै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार ३ सय ७५ पुगेको महासंघले जनाएको छ ।




