यस अवधिमा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७९५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८१ लाख ७५ हजार नाघेको छ । हालसम्म भारतमा कोरोना संक्रमणको कारण ३ लाख ३१ हजार ८९५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटकमा नयाँ संक्रमितको संख्या १६ हजारभन्दा धेरै देखिएको छ भने महाराष्ट्रमा पनि १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या पनि १८ लाख ९५ हजारमा झरेको छ ।

भारतमा अहिलेसम्म २१ करोड ६० लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।

" /> भारतमा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै - Sarbocha Media

भारतमा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै

`

     २०७८ ज्येष्ठ १८ गते ७:१५

एजेन्सी, १८ जेठ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या १ लाख २७ हजारमा झरेको छ ।

उक्त अवधिमा भारतमा कोरोनाका एक लाख २७ हजार ५१० नयाँ संक्रमित थपिएका हुन् ।

यस अवधिमा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७९५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८१ लाख ७५ हजार नाघेको छ । हालसम्म भारतमा कोरोना संक्रमणको कारण ३ लाख ३१ हजार ८९५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटकमा नयाँ संक्रमितको संख्या १६ हजारभन्दा धेरै देखिएको छ भने महाराष्ट्रमा पनि १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या पनि १८ लाख ९५ हजारमा झरेको छ ।

भारतमा अहिलेसम्म २१ करोड ६० लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?