काठमाडौँ, १७ जेठ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित रहेका छन् ।
२४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।




