यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने पोखरेलले जानकारी दिए । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उनको भनाइ छ ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो । तर उनीहरुले दोस्रो डोज खोप नपाउँदै नयाँ उमेर समूहका लागि खोप अभियान सुरु गर्न लागिएको हो ।

पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ ।

करिब साढे १३ जना ज्येष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी भएको पोखरेलले बताए ।

उनले भने, ‘एस्टाजेनिका खोप जुन देशबाट आएपनि सबैभन्दा पहिले हामी पहिलो डोज लगाएकालाई प्राथमिकता दिनेछौँ । अबको १५ दिनमा एस्ट्राजेनेकाको खोप नेपाल आउनेमा आशावादी छौँ।’

" /> चीनले दिएको खोप ५५ देखि ६५ वर्षकालाई लगाइने - Sarbocha Media

चीनले दिएको खोप ५५ देखि ६५ वर्षकालाई लगाइने

`

     २०७८ ज्येष्ठ १७ गते ७:४६

काठमाडौँ, १७ जेठ । चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख डोज सरकारले ५५ देखि ६५ वर्ष उमेरका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिए ।

यो उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने पोखरेलले जानकारी दिए । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उनको भनाइ छ ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो । तर उनीहरुले दोस्रो डोज खोप नपाउँदै नयाँ उमेर समूहका लागि खोप अभियान सुरु गर्न लागिएको हो ।

पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ ।

करिब साढे १३ जना ज्येष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी भएको पोखरेलले बताए ।

उनले भने, ‘एस्टाजेनिका खोप जुन देशबाट आएपनि सबैभन्दा पहिले हामी पहिलो डोज लगाएकालाई प्राथमिकता दिनेछौँ । अबको १५ दिनमा एस्ट्राजेनेकाको खोप नेपाल आउनेमा आशावादी छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?